पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
५० पटक हेरिएको
Shares
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन

सारांश

  • पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।
  • स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको  अस्पताल स्रोतले जानकारी दिएको छ ।
  • उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

२२ कात्तिक, काठमाडौं ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको  अस्पताल स्रोतले जानकारी दिएको छ । उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उनलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियाे । सिधै आईसीयुमा राखेर उपचार गरिएको थियाे र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियाे ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनकाे मिर्गौला फेल  भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस भइरहेकाे थियाे । गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो । त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो । त्सपछि उनी भारत गएर उपचार गराएका थिए । ती चिकित्सकका अनुसार ब्रेन स्ट्रोक भएपछि देखिने दीर्धकालीन असरका कारण उनकाे मृत्यु भएको हाे ।

संविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए । घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए। त्यसलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दामामा सुनुवाइ हुँदै
बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दामामा सुनुवाइ हुँदै
कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही
कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
तीनकुनेमा प्रहरीले गरे हवाई फायर
तीनकुनेमा प्रहरीले गरे हवाई फायर
सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण
सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण
एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा
एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा
राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
रवि लामिछानेको प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?
रवि लामिछानेको प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरुको प्रदर्शन
काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरुको प्रदर्शन