अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

सारांश

  • अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ ।
  • मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो ।
  • दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार साँझ ५ः१५ बजे दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ ।

१९ कात्तिक, काठमाडौं ।

अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो । दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार साँझ ५ः१५ बजे दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ ।

अमेरिकी संघीय विमान प्रशासनका अनुसार उक्त विमान म्याकडोनेल डगलस एमडी–११ मोडेलको थियो । उनीहरूले जारी गरेको विवरण अनुसार यो प्रारम्भिक जानकारी हो र परिवर्तन हुन सक्छ भनी जनाएको छ । साथै, विमान प्रशासन तथा नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका अधिकारीहरू दुर्घटनास्थलतर्फ छानबिनका लागि प्रस्थान गरिसकेको बताइएको छ । यूपीएस एयरलाइन्सले पनि आफ्नै एक कार्गो विमान दुर्घटनामा परेको जानकारी पाएको बताउँदै, ‘सम्बन्धित विवरण चाँडै सार्वजनिक गरिनेछ,’ भनी सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको छ ।

अमेरिकी यातायात मन्त्री शोन डफीले घटनाप्रति दुःख व्यक्त गर्दै केन्टकीबाट आएको हृदयविदारक दृश्य भएको बताएका छन् । उनले लुईसभिल समुदाय तथा विमानका चालक दलका सदस्यहरूका लागि प्रार्थना गर्न अपील पनि गरेका छन् । हालसम्म मानव क्षति वा दुर्घटनाको कारण सम्बन्धी कुनै जानकारी सार्वजनिक गरिएको छैन । उद्धार तथा आपतकालीन टोलीहरू घटनास्थलमा परिचालन भई छानबिन जारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक
जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ
जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
आधा घन्टाका लागि संसद् बैठक स्थगित
आधा घन्टाका लागि संसद् बैठक स्थगित
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई बोलाए छलफलमा
देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई बोलाए छलफलमा
राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता
राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता