रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी

सारांश

  • दोलखाको रोल्वालिङ हिमशृङखलामा गएको भीषण हिमपहिरोमा परी हराइरहेका चार जनाको आज बिहान उद्धार गरिएको छ।
  • उद्धार गरिएका सबैजना घाइते अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।
  • दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइ अल्टिच्युड हेलिकोप्टरमार्फत दुई जना विदेशी तथा दुई जना नेपाली पथप्रदर्शकलाई आज बिहान यलुङ री हिमालको आधार शिविर नजिकैबाट उद्धार गरिएको हो।

१८ कात्तिक, रामेछाप।

दोलखाको रोल्वालिङ हिमशृङखलामा गएको भीषण हिमपहिरोमा परी हराइरहेका चार जनाको आज बिहान उद्धार गरिएको छ। उद्धार गरिएका सबैजना घाइते अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइ अल्टिच्युड हेलिकोप्टरमार्फत दुई जना विदेशी तथा दुई जना नेपाली पथप्रदर्शकलाई आज बिहान यलुङ री हिमालको आधार शिविर नजिकैबाट उद्धार गरिएको हो।

हिमपहिरोस्थल नजिकैबाट चार जनालाई घाइते अवस्थामा हेलिकोप्टरले उद्धार गरेको उनले जानकारी दिए। यसै गरी हिमपहिरोबाट जोगिएका थप तीन जना नेपाली पथप्रदर्शकलाई दोलखाको ना गाउँमा सुरक्षित रूपमा राखिएको छ। उनीहरूलाई पनि केही बेरमा उद्धार गरेर चरिकोट ल्याइने तयारी गरिएको प्रशासनले जनाएको छ। रोल्वालिङ हिमशृङखलाको डोल्मा खाङ (६,३३२ मिटर) र यलुङ री (५,६३० मिटर) हिमाल आरोहणका लागि आइतबार पाँच विदेशीसहित १५ जना आरोही यलुङ री बेस क्याम्प पुगेका थिए।

बाक्लो हिमपातका कारण उनीहरूले सोही ठाउँमा टेन्ट टाँगेर बसेका थिए। सोमबार बिहान आरोहण सुरु गर्ने तयारीमा रहेका बेला आकस्मिक रूपमा हिमपहिरो खस्दा उनीहरू पुरिएका थिए। हिमपहिरोमा पुरिएर एक विदेशीसहित तीन जनाको हिजै मृत्यु भएको पुष्टि भएको छ भने अझै पाँच जना बेपत्ता छन्। हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ। उद्धार तथा खोजी कार्यमा नेपाली सेनाको टोली, सशस्त्र प्रहरी र स्थानीय उद्धारकर्मी परिचालन गरिएको छ।टोली हाल ना गाउँ हुँदै हिमपहिरो गएको स्थानतर्फ अघि बढिरहेको छ तर दुर्गम भौगोलिक स्थिति र प्रतिकूल मौसमका कारण सो स्थलमा पुग्न कठिनाइ भएको जनाइएको छ।

दुई छुट्टाछुट्टै ट्राभल कम्पनीमार्फत पुगेका आरोही समूहहरू डोल्मा खाङ र यलुङ री दुवै हिमाल आरोहणका लागि तयारी अवस्थामा रहेका थिए। आइतबार आधार शिविरमा पुगेका उनीहरू सोमबार आरोहणको तयारीमा थिए। तर सोमबार बिहानै पहिरो गएको थियो। स्थानीय प्रशासनले प्रतिकूल मौसममा हिमाली क्षेत्रका आरोही तथा पर्यटकहरूलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद्हरूका अनुसार पछिल्ला दिनहरूमा उच्च हिमाली भागमा लगातार बाक्लो हिमपात भइरहेको छ। यसले हिमपहिरोको जोखिम बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धसिएको कृष्णभिरको सडक मर्मत सुरु
धसिएको कृष्णभिरको सडक मर्मत सुरु
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
रवि लामिछानेलाई अदालतमा उपस्थित  गराइयो
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला