भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १७, २०८२
|
|
४१ पटक हेरिएको
Shares
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी

सारांश

  •    नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन्।
  • सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ लगेको र संविधानलाई घाइते बनाएको भन्दै यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता रहेको बताए।
  • उनले भने, ‘भदौ २३ र २४ को घटनापछि मुलुक अग्रगमनमा होईन्, पश्चगमन र प्रतिगमनतर्फ अगाडि बढेको छ।

१७ कात्तिक, काठमाडौं।  

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन्। सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ लगेको र संविधानलाई घाइते बनाएको भन्दै यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘भदौ २३ र २४ को घटनापछि मुलुक अग्रगमनमा होईन्, पश्चगमन र प्रतिगमनतर्फ अगाडि बढेको छ। जनताले लामो संघर्षबाट प्राप्त गरेको सार्वभौम सत्तामा आधारित संविधान घाइते भएको छ। जनताबाट निर्वाचित जनप्रतिनिधि अंग प्रतिनिधि सभा विघटन भएको छ। यो दुवै काम हाम्रो पार्टी अनुसार भन्ने हो भने असंवैधानिक छ। यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता छ।’ यस्तै, उनले वर्तमान सरकारले संवैधानिक परिषद्मा उत्तिर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्ने भन्दै संवैधानिक परिषद्मा यो सरकार खरो सावित हुन सम्भव नरहेको पार्टीको मान्यता रहेको पनि बताए।

उनले भने, ‘जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइदैँन् भन्ने सर्वोच्च अदालतले जनताले चिन्दै नचिनेको प्रतिनिधि सभाले नचिनेको, संविधानले नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भन्ने हामी ठान्दैनौ, त्यस अर्थमा यो सरकार सबैभन्दा पहिला संवैधानिक परिषद्मा उत्तिर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्छ। संवैधानिक परिषद्मा यो सरकार खरो सावित हुन सम्भव छैन् भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ।’ साथै, जेनजी आन्दोलनमा भएको तोडफोडहरु युवाहरुहरुको आन्दोलनको उद्देश्य नभएको भन्दै सुनियोजित तरिकाले युवाहरुलाई परिचालन गर्ने कामहरुको पहिचान गरेर कारबाही गर्नुपर्ने उनको भनाई छ।

उनले भने, ‘जेनजी आन्दोलनमा जुन तोडफोडहरु भयो त्यो युवाहरुले गर्न सक्छन् कि सक्दैँनन् त्यो उनीहरुको आन्दोलनको विषय थियो कि थिएन भनेर हेर्ने हो भने यस्तो प्रकारको घटना उनीहरुको आन्दोलनको विषय थिएन र उनीहरुले यस्तो काम गर्न सक्दैँनन्न भन्ने हाम्रो मान्यता हो। यस अर्थमा जसले त्यो काम गरेको हो, तिनीहरु अपराधी हुन् भन्ने कुरा बुझ्नु पर्छ। जसले सुनियोजित तरिकाले युवाहरुलाई परिचालन गर्ने काम गरे तिनीहरुको पहिचान गरेर कारबाही गर्नुपर्छ भन्ने पनि हाम्रो पार्टीको मान्यता हो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
रास्वपाबाट सभामुखको लागि डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय
रास्वपाबाट सभामुखको लागि डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय
असार १५ : आज राष्ट्रिय धान दिवस मनाइँदै , किसानलाई मलकै पिरलो
असार १५ : आज राष्ट्रिय धान दिवस मनाइँदै , किसानलाई मलकै पिरलो
भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध
भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
राप्रपा बैठक : राजेन्द्र लिङ्देनद्वारा आन्दोलनमा जाने प्रस्ताव
राप्रपा बैठक : राजेन्द्र लिङ्देनद्वारा आन्दोलनमा जाने प्रस्ताव
सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् : देउवा
सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् : देउवा
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही
सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही