सोमबार सुनको मूल्य स्थिर
१७ कात्तिक, काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार ६० रुपैयाँमा कारोवार भैइरहेको छ ।




Post Comment