प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा

सारांश

  • नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ ।
  • दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन् ।
  • विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको छ ।

१७ कात्तिक, काठमाडौं ।

नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ । दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको छ ।’ सहमतिको प्रमुख बुँदाहरूमा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गर्ने, गोपाल किरातीले प्रस्तुत गरेको देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रको अवधारणामा पार्टीभित्र विस्तृत छलफल गरी जनवादका आधारमा निर्णय गर्ने, र उक्त सहमति कार्यान्वयनका लागि माक्र्सवादी क्रान्तिकारीहरूलाई माओवादी केन्द्रभित्र ध्रुवीकृत गर्ने निर्णय समावेश छन् ।

विज्ञप्तिमा देशभक्त, मजदुर, किसान, सुकुम्बासी, आर्थिक शोषणपीडित, लिङ्ग, जातजाति, क्षेत्र र पहिचानका पक्षधर सबै वर्गहरूलाई समाजवादी ध्रुवीकरणमा सहभागी हुन आह्वान गरिएको छ । दुवै नेताले नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता र सार्वभौमसत्ताको संरक्षण गर्दै संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था कार्यान्वयनका लागि प्रभावकारी पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । सहमतिको निष्कर्षमा दलाल र नोकरशाही पूँजीवादी भ्रष्ट शासनको अन्त्य गरी जनताको सार्वभौमसत्तामा आधारित समाजवादी व्यवस्था स्थापना गर्ने दृढ संकल्प व्यक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते
महाकाली नदीमा फसेका व्यक्तिको सकुशल उद्धार
महाकाली नदीमा फसेका व्यक्तिको सकुशल उद्धार
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?
पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
रवि लामिछाने चीन जाने मिति तय, राष्ट्रपति सीसँग छैन भेट
रवि लामिछाने चीन जाने मिति तय, राष्ट्रपति सीसँग छैन भेट