Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मेची राजमार्ग सञ्चालन गर्न सडक मर्मतमा नेपाली सेना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
मेची राजमार्ग सञ्चालन गर्न सडक मर्मतमा नेपाली सेना

सारांश

  • बिहीबारदेखि परेको पानीले सडक अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्काल सञ्चालन गर्न नेपाली सेनाको टोली मर्मतमा जुटेको छ ।
  •  आज इलाममा लोकसेवा आयोगको परीक्षा पनि परेकाले परीक्षार्थीलाई सहज गराउन विहानैदेखि सडक डिभिजन कार्यालयसहित नेपाली सेना पनि सडक मर्मतमा खटिएको हो ।
  • ठूला सवारीलाई सञ्चालन गराउने अवस्था नभए पनि आज दिनभरिका लागि साना सवारी सञ्चालन गराउन मर्मतको काम भइरहेको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो ।

१५ कात्तिक, इलाम ।

बिहीबारदेखि परेको पानीले सडक अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्काल सञ्चालन गर्न नेपाली सेनाको टोली मर्मतमा जुटेको छ । आज इलाममा लोकसेवा आयोगको परीक्षा पनि परेकाले परीक्षार्थीलाई सहज गराउन विहानैदेखि सडक डिभिजन कार्यालयसहित नेपाली सेना पनि सडक मर्मतमा खटिएको हो ।

ठूला सवारीलाई सञ्चालन गराउने अवस्था नभए पनि आज दिनभरिका लागि साना सवारी सञ्चालन गराउन मर्मतको काम भइरहेको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो । यो खण्डमा मर्मतपछि हिजो साँझसम्म साना यातायातलाई जिल्ला प्रशासन कार्यालय इलामले सञ्चालनको अनुमति दिएको थियो । राति बन्द गरिएको सडक रातिको पानीपछि पुनः भासिएको र धाँजा फाटेको कारण आज विहानैदेखि फेरि मर्मत थालिएको हो ।

मेची राजमार्गको यो खण्ड अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुुङ जिल्ला प्रत्यक्ष प्रभावित हुने गरेको छ । यता यो सडकको विकल्पमा रहेको सिमल गोलाइ तिल्केनी सडक पनि बन्द छ ।

यो मार्गबिचमा पर्ने जोगमाई खोलामा हालिएको ह्युुमपाइपको बाटो पनि बाढीले बगाएपछि यो सडक बन्द भएको हो । खोलामा बाढी आइरहेकाले यो सडकलाई पुनः सुुचारु गर्न समय लाग्ने डिभिजन प्रमुख भट्टराईले जानकारी दिनुुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?