चितुवाले आक्रमण गर्दा एक बालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
चितुवाले आक्रमण गर्दा एक बालकको मृत्यु

सारांश

  •   बर्दियाको मधुवन नगरपालिका-७ भाट चोकस्थित मनोज कँडेलको घरमा चितुवाले आक्रमण गर्दा अढाई वर्षीय रिहान चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
  • रिहान मनोजका भान्जा हुन्।
  • ‘आमा रचना चलाउनेसँग मामा घर भएको बेला शनिबार साँझ करिब सात बजेतिर बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएछ,’ जिप्रका बर्दियाका डीएसपी ऋषिराम घर्तीले नेपालखबरसँग भने, ‘खोजतलास गर्ने क्रममा दुई घण्टापछि करिब पाँचसय मिटर टाढा बालकको शव फेला परेको हो।

४ फागुन, बर्दियामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।  बर्दियाको मधुवन नगरपालिका-७ भाट चोकस्थित मनोज कँडेलको घरमा चितुवाले आक्रमण गर्दा अढाई वर्षीय रिहान चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। रिहान मनोजका भान्जा हुन्।

‘आमा रचना चलाउनेसँग मामा घर भएको बेला शनिबार साँझ करिब सात बजेतिर बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएछ,’ जिप्रका बर्दियाका डीएसपी ऋषिराम घर्तीले नेपालखबरसँग भने, ‘खोजतलास गर्ने क्रममा दुई घण्टापछि करिब पाँचसय मिटर टाढा बालकको शव फेला परेको हो।’ आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएपछि प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए।

रचना बाँकेको राप्तीसोनारी गाउँपालिका-५ बाट माइत गएको बेला घटना भएको प्रहरीले जनाएको छ। चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा गहिरो घाउ देखिएको छ। गएको माघ २५ गते पनि सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ वर्षीया जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो।  गाउँमा चितुवा आतंक बढेपछि स्थानीय त्रसित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले कर्णाली अधिवेशनको मतगणना सुरु
एमाले कर्णाली अधिवेशनको मतगणना सुरु
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो
प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
१८ वर्षपछि फरार प्रतिवादी पक्राउ
१८ वर्षपछि फरार प्रतिवादी पक्राउ
विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा कर्ण नियुक्त
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा कर्ण नियुक्त
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृ*त्यु , कुटपिट गर्ने पक्राउ
सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृ*त्यु , कुटपिट गर्ने पक्राउ