मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी

सारांश

  • नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन् ।
  • शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा उनले आफूसहित लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने जिकिर गरेका छन् ।
  • ‘चुनाव रेशम थारु, लक्ष्मण थारु र धनिराम थारुले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन,’ चौधरीले भने, ‘सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?

१४ कात्तिक, काठमाडौँ ।

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा उनले आफूसहित लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने जिकिर गरेका छन् ।

‘चुनाव रेशम थारु, लक्ष्मण थारु र धनिराम थारुले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन,’ चौधरीले भने, ‘सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? शेरबहादुर, ओली र प्रचण्डको इतिहास के थियो ? जेनजीको इतिहास के छ ?’ साथै, उनले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति जनाए ।

‘अहिले चुनाव लड्न दिन्नँ भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो, नेता हुन दिन्नँ भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ?,’ चौधरीले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
अवैध रूपमा आयात हुने ९६ क्यारेट सेतो अण्डा नष्ट
अवैध रूपमा आयात हुने ९६ क्यारेट सेतो अण्डा नष्ट
हेर्ने कथा को प्रकाश ले पाए नागरिकता
हेर्ने कथा को प्रकाश ले पाए नागरिकता
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा
भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा
आज देशभरका स्वास्थ्य सेवाहरु बन्द रह्ने- नेपाल चिकित्सक संघ
आज देशभरका स्वास्थ्य सेवाहरु बन्द रह्ने- नेपाल चिकित्सक संघ
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री
असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री