सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १२, २०८२
|
|
४८ पटक हेरिएको
Shares
मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या

सारांश

  • आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ ।
  • चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ  भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।
  • “चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ ”, प्रहरी नायब उपरीक्षक लामाले भने ।

१२ कात्तिक, मुस्ताङ ।

आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ  भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । “चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ ”, प्रहरी नायब उपरीक्षक लामाले भने ।

मङ्गलबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक हाल सञ्चालन भएको उनले बताए । मङ्गलबार दिनभर परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन् । मङ्गलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो । भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
कैलाली लागुऔषधको हब बन्दै गयो : सांसद कुँवर
कैलाली लागुऔषधको हब बन्दै गयो : सांसद कुँवर
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
सूर्यदर्शन सहकारी ठगी : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
सूर्यदर्शन सहकारी ठगी : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन
मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन
राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान