१६ मंसिर २०८२, सोमबार

दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

९ कात्तिक, काठमाडौं ।

देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र कोशी तथा गण्डकीका केही पहाडी–हिमाली स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि ती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सफा रहने जनाइएको छ।

Post Comment

छुटाउनुभयो कि ?