झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृ*त्यु

सारांश

  • झापाको बिर्तामोड नगरपालिका–५ मा गएराति भएको कुटपिट घटनामा एक युवकको ज्यान गएको छ ।
  • मृतक सोही ठाउँका ३० वर्षीय जगन राजवंशी रहेका छन् ।
  • इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बुधवार साँझ करिब साढे ६ बजे विवादका क्रममा २६ वर्षीय हेमकुमार चौधरीले बाँसको टुक्राले राजवंशीको टाउकोमा प्रहार गरेका थिए ।

झापा । झापाको बिर्तामोड नगरपालिका–५ मा गएराति भएको कुटपिट घटनामा एक युवकको ज्यान गएको छ । मृतक सोही ठाउँका ३० वर्षीय जगन राजवंशी रहेका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बुधवार साँझ करिब साढे ६ बजे विवादका क्रममा २६ वर्षीय हेमकुमार चौधरीले बाँसको टुक्राले राजवंशीको टाउकोमा प्रहार गरेका थिए । सो प्रहारबाट गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । तर, उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका चौधरीलाई प्रहरीले बिहीवार बिहान करिब २ः१५ बजे झापा शिवसताक्षी नगरपालिका–७ ब्याङडाँडाबाट लुकेको अवस्थामा पक्राउ गरेको हो ।

हाल उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ