प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ४, २०८२
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् ।
  • आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको हो ।
  • घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको हो ।

घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।

घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ ।’

गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए ।

‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ । के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो ।

छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ । हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ । चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन् । आआफ्नो ठाउँबाट काम भइरहेको छ । तपाईँहरु बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला ।’

घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरीको नियन्त्रणमा
राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरीको नियन्त्रणमा
कान्तिपुर टीभीमा आगजनी
कान्तिपुर टीभीमा आगजनी
गाजामा इजरायली हमला, पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
गाजामा इजरायली हमला, पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार
प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत
प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
५० यात्रु बोकेको एन्टोनोभ एन–२४ विमान सम्पर्कविहिन
५० यात्रु बोकेको एन्टोनोभ एन–२४ विमान सम्पर्कविहिन
बागमती र रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन
बागमती र रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी