डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम नतिरेका उद्योगको लाइन काट्न सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम नतिरेका उद्योगको लाइन काट्न सुरु

सारांश

  • नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेर प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूको विद्युत लाइन काट्न सुरु गरेको छ।
  • मङ्गलबार बिहान प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो।
  • यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको थप महसुल तिरेका छैनन्।

४ कात्तिक, काठमाडौँ।

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेर प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूको विद्युत लाइन काट्न सुरु गरेको छ। मङ्गलबार बिहान प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो। यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको थप महसुल तिरेका छैनन्।

प्राधिकरणका अनुसार, जगदम्बाले करिब १ अर्ब ६० करोड, रिलायन्सले ७५ करोड ३७ लाख, शिवमले ७७ करोड ८८ लाख, घोराहीले ५० करोड ८५ लाख, अर्घाखाँचीले ४४ करोड ८४ लाख र त्रिवेणीले ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी छ। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, तिहारको सार्वजनिक बिदामा पनि उद्योगहरूले रकम बुझाउन सकून् भनेर विशेष काउन्टरको व्यवस्था गरिएको छ।
उनले भने, “किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसुकै बेला काटिएको लाइन पुनः जडान गरिनेछ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए
शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए
अख्तियारको छानबिन चलिरहँदा विमानस्थल अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा
अख्तियारको छानबिन चलिरहँदा विमानस्थल अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा
नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै
नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
राष्ट्र बैंकको अध्ययन : मधेशमा देखिए विभिन्न आर्थिक चुनौती
राष्ट्र बैंकको अध्ययन : मधेशमा देखिए विभिन्न आर्थिक चुनौती
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
बिजुलीको महसुल घटाउने तयारी, प्राधिकरणमा बैठक बस्दै
बिजुलीको महसुल घटाउने तयारी, प्राधिकरणमा बैठक बस्दै
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ