भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३१, २०८२
|
|
८४ पटक हेरिएको
Shares
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित

सारांश

  • मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेपछि प्रदेशसभाले शुक्रबार सूचना जारी गर्दै उनलाई निलम्बन गरेको हो ।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालका कुशवाहालाई यसअघि पनि अख्तियारले अनुसन्धानका क्रममा जेठ २९ गते पक्राउ गरेपछि निलम्बन गरिएको थियो ।

३१ असोज, जनकपुरधाम ।

मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेपछि प्रदेशसभाले शुक्रबार सूचना जारी गर्दै उनलाई निलम्बन गरेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका कुशवाहालाई यसअघि पनि अख्तियारले अनुसन्धानका क्रममा जेठ २९ गते पक्राउ गरेपछि निलम्बन गरिएको थियो । तर भदौ १३ गते प्रदेशसभा सचिवालयले अख्तियारको प्रतिवेदनका आधारमा उनीमाथिको निलम्बन फुकुवा गरेको थियो।

त्यसबेला अख्तियारले अदालतमा आरोपपत्र दायर नगरिएकाले र कुशवाहा धरौटीमा रिहा भएकाले निलम्बन हटाइएको उल्लेख गरिएको थियो । तर पछिल्लो अनुसन्धानपछि अख्तियारले कुशवाहामाथि पुनः भ्रष्टाचारको अभियोग दायर गरेको हो । कुशवाहाले विभिन्न उपभोक्ता समिति गठन गरी ती समिताबाट संकलित रकम आफ्ना निजी सचिव विनोदलाल कायस्थमार्फत आफ्नै खातामा जम्मा गरेको प्रमाण फेला परेको छ । सोही आधारमा अख्तियारले उनीमाथि आरोपपत्र दायर गरेको जनाएको छ । कुशवाहा महोत्तरी क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

उनको निलम्बनले हालै नियुक्त मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको विश्वासको मतमा असर पर्ने अनुमान गरिएको छ । ५६ सांसदको समर्थनमा सरकार गठन गरेका मुख्यमन्त्री सोनलले जनमत पार्टीका दुई सांसदले समर्थन फिर्ता लिएपछि नै दबाब झेलिरहेका छन् । अब कुशवाहाको निलम्बनसँगै सरकारका लागि आवश्यक मतको सङ्ख्या अझै घट्ने देखिएको छ । मधेस प्रदेशसभामा हाल १०७ सदस्य छन् । तीमध्ये कुशवाहासहित एमालेका दीपेन्द्र ठाकुर र अभिराम शर्मा गरि तीन जना सांसद निलम्बित भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी
गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी
बाढीपीडितलाई केडिया परिवारको एक करोड सहयोग
बाढीपीडितलाई केडिया परिवारको एक करोड सहयोग
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सङ्घीय संसद्का दुई वटा समितिका बैठक बस्दै
सङ्घीय संसद्का दुई वटा समितिका बैठक बस्दै
ई.बिपिन कापरको अध्यक्षतामा कम्बल वितरण
ई.बिपिन कापरको अध्यक्षतामा कम्बल वितरण