Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
४४ पटक हेरिएको
Shares
देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली

सारांश

  •   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश हाल गम्भीर राजनीतिक संकटतर्फ धकेलिएको भन्दै प्रतिक्रान्तिका लक्षणहरू देखा परेको चेतावनी दिएका छन् ।
  • एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्था लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको बताएका हुन् ।
  • उनले देश अप्रत्याशित रूपमा प्रतिक्रान्तितर्फ अग्रसर भइरहेको छ र यदि यो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्न नसकेमा मुलुक बर्बादीको दिशामा जाने खतरा बढ्दो भएको बताए ।

२९ असोज, काठमाडौं। 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश हाल गम्भीर राजनीतिक संकटतर्फ धकेलिएको भन्दै प्रतिक्रान्तिका लक्षणहरू देखा परेको चेतावनी दिएका छन् । एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्था लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको बताएका हुन् । उनले देश अप्रत्याशित रूपमा प्रतिक्रान्तितर्फ अग्रसर भइरहेको छ र यदि यो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्न नसकेमा मुलुक बर्बादीको दिशामा जाने खतरा बढ्दो भएको बताए ।

उनले भने, ‘आज देश अप्रत्याशित रूपमा एउटा प्रतिक्रान्तिको घटना घटेको छ । यदि हामीले प्रभावकारी ढंगले काम गर्न सकेनौं भने देश प्रतिक्रान्तितर्फ धकेलिएको छ, देश बर्बादीतर्फ धकेलिएको छ ।’ अध्यक्ष ओलीले यो अवस्थालाई लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासमुखी बाटोमा फर्काउनु अत्यावश्यक रहेको बताए । उनले भने, ‘देशलाई हामीले अगाडि लानै पर्छ । हामी प्रहारको अन्यभन्दा बढी निशाना भएका छौं ।

किन? हामीले नराम्रो काम गरेकै कारण होइन, हामीले नराम्रो नीति ल्याएकै कारण पनि होइन । हाम्रा नीतिहरू राम्रा भएका कारण हामी निशाना भएका हौं । लोकतन्त्र मन नपर्ने र तानाशाही सोच राख्ने तत्वहरूले हामीलाई प्रहार गरेका छन् ।’ अध्यक्ष ओलीले एमालेसँग देशको समृद्धि र विकासका लागि स्पष्ट दृष्टिकोण र कार्यदिशा रहेको दाबीसमेत गरेका छन् । उनले पार्टीको जिम्मेवारी अहिलेको परिस्थितिमा अझ महत्वपूर्ण भएको भन्दै सबै तहका नेताहरूलाई जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
ओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ
५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ
भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ
भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ
अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस
अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
एमालेको सचिवाल बैठक बिहीबार
एमालेको सचिवाल बैठक बिहीबार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद
न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद
राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना
राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी