Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
४० पटक हेरिएको
Shares
सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु

सारांश

  • सभामुख देवराज घिमिरेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।
  • सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ ।
  • सभामुख घिमिरेले संसद् विघटनबारे दलहरूको राय माग्न सर्वदलीय बैठक आयोजना गरेका हुन् ।

२९ असोज, काठमाडौं ।

सभामुख देवराज घिमिरेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ । सभामुख घिमिरेले संसद् विघटनबारे दलहरूको राय माग्न सर्वदलीय बैठक आयोजना गरेका हुन् ।संसद पुनर्स्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि जानु पर्दैन सभामुखले दलहरूको धारणा लिन लागेका हुन् । विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी पनि रहेका थिए । सभामुखसँगको छलफलमा रास्वपा भने अनुपस्थित छ । दलहरूको धारणा लिएपछि पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने सभामुखको तयारी छ ।  पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल हुनेछ । प्रतिनिधि सभा विघटन विरुद्ध अदालत जाने सम्बन्धमा सभामुखलाई भने दुवै खाले सुझाव सरोकारवालाहरूले दिएका छन् । अब दलहरू, पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीको धारणा लिएर निर्णय लिने सभामुखको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो
झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी
निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी
सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य
सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ