Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
  • जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र पार्टी रणनीति विषयमा छलफल गर्न कांग्रेसको बैठक आज दिउँसो १ बजे सानेपामा बस्न लागेको हो।
  • आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदैछन्।

२८ असोज, काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र पार्टी रणनीति विषयमा छलफल गर्न कांग्रेसको बैठक आज दिउँसो १ बजे सानेपामा बस्न लागेको हो। आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदैछन्। देउवा लामो समयपछि पहिलोपटक सार्वजनिक बैठकमा सहभागी हुन लागेका हुन्।

आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिहरू उपस्थित हुने एक नेताले जानकारी दिए। बैठकअघि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्नेछ, जसमा केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ