प्रहरी निरीक्षक यादव ‘पुलिस अफ द मन्थ’ घोषित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
प्रहरी निरीक्षक यादव ‘पुलिस अफ द मन्थ’ घोषित

सारांश

  • इलाका प्रहरी कार्यालय यदुकुहा, धनुषाका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश यादव उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।
  • प्रहरी कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा यादवलाई २०८२ साल असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरेको हो ।
  • प्रहरी निरीक्षक यादवले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा व्यावसायिकताका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा उत्कृष्ट घोषणा गरेको प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुभयो।

२६ असोज, धनुषा।

इलाका प्रहरी कार्यालय यदुकुहा, धनुषाका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश यादव उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । प्रहरी कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा यादवलाई २०८२ साल असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरेको हो ।

प्रहरी निरीक्षक यादवले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा व्यावसायिकताका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा उत्कृष्ट घोषणा गरेको प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय यदुकुहा, धनुषाका प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक यादवले प्रहरी संगठनको छबिलाई उच्च राख्न उल्लेखनिय भूमिका निर्वाह गर्नुभएको छ । उहाँले गरेको उत्कृष्ट कार्यले गर्दा आम जनमानसमा प्रहरी प्रतिको सकारात्मक सोच तथा विश्वसनीयतामा अभिवृद्धि गरेको धनुषा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?