बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
२२ पटक हेरिएको
Shares
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी

सारांश

  • असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग पुनः सञ्चालनका लागि अस्थायी डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
  • सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार डाइभर्सन निर्माण र सडक मर्मतको काम तीव्र गतिमा भइरहेका छन् ।
  • ‘डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, आज साँझसम्म यातायातका साधन सञ्चालन हुने अपेक्षा गरिएको छ’, उनले भने ।

२४ असोज, रामेछाप ।

असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग पुनः सञ्चालनका लागि अस्थायी डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार डाइभर्सन निर्माण र सडक मर्मतको काम तीव्र गतिमा भइरहेका छन् ।

‘डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, आज साँझसम्म यातायातका साधन सञ्चालन हुने अपेक्षा गरिएको छ’, उनले भने । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ निर्माणस्थलमा पुगेर प्रत्यक्ष अनुगमन गर्दै आवश्यक निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि रातभर सडक विभागका इञ्जिनियर र प्राविधिक टोलीहरू फिल्डमै खटिएर काम गरेका थिए ।

रोशी खोलाको बाढीले राजमार्गको काभ्रे खण्डमा १४ ठाउँमा र सिन्धुली खण्डमा दुई ठाउँमा सडक बगाएको थियो। ती सबै स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सेवा सञ्चालनको तयारी गरिएको सडक विभागले जनाएको छ । बिपी राजमार्गलाई काठमाडौंबाट पूर्व जाने लाइफलाइन राजमार्गको रुपमा लिइन्छ । सो सडक अवरुद्ध हुँदा काभ्रे, रामेछाप, सिन्धुली हुँदै पूर्व जाने यातायात साधन अरनिको राजमार्गबाट दोलखा घुमेर गइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन
माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
काठमाडौँका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
राष्ट्रिय सभाबाट दुई विधेयक पारित
राष्ट्रिय सभाबाट दुई विधेयक पारित
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने