युवाहरूद्वारा ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी
सारांश
- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।
- उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
- ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘गाडीमा आगो लगाएको खबर आएको छ, प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।
१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।
उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘गाडीमा आगो लगाएको खबर आएको छ, प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।’ उनीहरुले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया