संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १३, २०८०
|
|
२९ पटक हेरिएको
Shares
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव

सारांश

  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै रहेको बताएका छन् ।
  • शुक्रवार हेटौँडामा आयोजित तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघीय सरकारमा रहेका व्यक्तिहरूमा सामन्ती निरङ्कुश विचार धारणा कायमै रहेको आरोप लगाए ।
  • उनले हेटौँडाको भेलाले उक्त विचारधारालाई चुनौती दिने बताए ।

१४ पुस, हेटौँडा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै रहेको बताएका छन् ।

शुक्रवार हेटौँडामा आयोजित तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघीय सरकारमा रहेका व्यक्तिहरूमा सामन्ती निरङ्कुश विचार धारणा कायमै रहेको आरोप लगाए । उनले हेटौँडाको भेलाले उक्त विचारधारालाई चुनौती दिने बताए । मुख्यमन्त्री यादवले हेटौँडाको भेला पछि संघीयताले सरकारको निरङ्कुश सामन्ती शासन व्यवस्थाको अन्त्य हुने दाबी गरे । उनले संविधान कार्यान्वयनको ८ वर्षको अवधिसम्म अधिकार प्राप्तिका विषयमा प्रदेश र स्थानीय तहहरू छलफलमा नै बस्नुपर्ने बाध्यता संघीय सरकारको कमजोरीका कारण भएको बताए । संघीय राज्यमा अधिकारका विषयहरू माग गर्दै सरकारहरूले दबाब दिनुपर्ने अवस्था निम्तिनु लज्जाको विषय भएको उनको भनाई छ ।

मुख्यमन्त्री यादवले प्रहरी समायोजन, जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीहरू प्रदेश मातहतमा ल्याउने कामका लागि संघीय सरकारलाई दबाब लिएर प्रदेश सरकारहरू अघि बढ्ने बताए । उनकाअनुसार राजस्व सङ्कलन बाँडफाँडका विषयमा आवश्यक व्यवस्थापन गर्न अपरिहार्य रहेकोले त्यसतर्फ संघीय सरकारको ध्यान आकर्षित हुनुपर्नेछ । प्रदेश सरकारले अधिकार प्राप्तिको लडाइ लडिरहँदा स्थानीय तहहरूले पनि त्यसमा सहायता प्रदान गर्नुपर्ने उनको भनाई छ । प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय गरे मात्र काम गर्ने र सहकार्यको भावना अनुरूप आवश्यक अधिकारहरू प्रत्यायोजन गर्ने उनले बताए । प्रदेश सरकारहरूले स्थानीय तहलाई अङ्कुश नलगाउने पनि उनले दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो
मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो
माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन
माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण
सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण
मध्यपूर्व तनाव : युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ
मध्यपूर्व तनाव : युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ
तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना
तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना
पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट
अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट
पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य
पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य