महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृ*त्यु
२२ असोज, महोत्तरी ।
महोत्तरीको जलेश्वरमा खाल्डोमा वर्षाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका-६ धवौलीका ११ वर्षीय सलमान साफी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो खाल्डोमा जमेको वर्षाको पानीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मन्त्रीले जनाएको छ ।




Post Comment