दशैंपछिको सेयर बजारमा उच्च गिरावट, घटे सबै सूचक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
३० पटक हेरिएको
Shares
दशैंपछिको सेयर बजारमा उच्च गिरावट, घटे सबै सूचक

सारांश

  • दशैंपछि खुलेको सेयर बजार उच्च अंकले घटेको छ ।
  • नेप्से परिसूचक ५८.
  • ५५ अंक (२.

२१ असोज, काठमाडौं ।

दशैंपछि खुलेको सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५८.५५ अंक (२.१९ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २६०४ अंकमा कायम भएको छ । कुल ४ अर्ब ६२ करोडको कारोबार भयो । १६ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.८३ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यो समूह बढी प्रभावित भयो ।

बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार १.१७ प्रतिशत घटे । भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको ८.५७, माथिल्लो मैलुङखोलाको ७.२१ तथा पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ प्रतिशत घट्यो ।

आज ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखियो । मूल्य धेरै बढ्नेमा ऋणपत्र अगाडि रहे । सेन्चुरी डिबेन्चरको १०, एनआईसी एसिया ऋणपत्रको ९.११, स्टान्डर्ड चार्टर्ड डिबेन्चरको ९ प्रतिशत मूल्य बढ्यो । आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’
संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’
सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक
सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की
चन्द्रागिरिबाट तीन केजी गाँजासहित एक जना पक्राउ
चन्द्रागिरिबाट तीन केजी गाँजासहित एक जना पक्राउ
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
बेलुन विस्फोट घटना : गृहमन्त्रीद्वारा छानबिन समिति गठन
बेलुन विस्फोट घटना : गृहमन्त्रीद्वारा छानबिन समिति गठन