ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
२६ पटक हेरिएको
Shares
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु

सारांश

  • नेपाली राष्ट्रिय महिला टिमकी कप्तान इन्दु वर्मा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् ।
  • मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत इन्दुले मंगलबार घरेलु टिमविरुद्ध ४८ रनको इनिङ खेलेसँगै यो कोसेढुंगा पार गरेकी हुन् ।
  • ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७७ खेल खेल्दा इन्दुले एक हजार ३३ रन बनाएकी छन् ।

२१ असोज, काठमाडौं ।

नेपाली राष्ट्रिय महिला टिमकी कप्तान इन्दु वर्मा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् । मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत इन्दुले मंगलबार घरेलु टिमविरुद्ध ४८ रनको इनिङ खेलेसँगै यो कोसेढुंगा पार गरेकी हुन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७७ खेल खेल्दा इन्दुले एक हजार ३३ रन बनाएकी छन् ।

उनले यसक्रममा एक अर्धशतक प्रहार गर्दा १८.७८ को औसतमा ब्याटिङ गरेकी छन् । नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा सीता रानामगर दोस्रो स्थानमा छिन् । सीताले ६३ खेलमा ९६५ रन बनाएकी छन् । यो सूचीको तेस्रो स्थानमा रहेकी रुविना क्षेत्रीले ९३६ रन बनाएकी छन् । चौथो स्थानमा रहेकी पूजा महतोले ५१२ बनाएकी छन् । पाँचौँ स्थानकी सम्झना खड्काले ३८७ रन बनाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
चीनले नेपाललाई २० लाख अमेरिकी डलर सहयोग पठाउँदै
चीनले नेपाललाई २० लाख अमेरिकी डलर सहयोग पठाउँदै
रोल्पामा जिप दुर्घटना, २ जना घाइते
रोल्पामा जिप दुर्घटना, २ जना घाइते
बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल
बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल
कैलाली-२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी
कैलाली-२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने