खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १८, २०८२
|
|
३० पटक हेरिएको
Shares
खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले खोला किनारामा राखिएका हाइड्रोपावर प्रोजेक्टहरुका उपकरणहरु तत्कालै हटाई सुरक्षित ठाउँमा राख्न अनुरोध गरेका छन् ।
  • शनिबार आयोजित बैठकमा बोल्दै उनले भारी वर्षाले सडक, सिंचाइ, हाइड्रोपावर लगायत संरचनाहरुमा धेरै क्षति पुग्ने भन्दै त्यसका उपकरणहरु सुरक्षित स्थानमा राख्न आग्रह गरेका हुन् ।
  • ‘देशका सुदुरपश्चिम र कर्णालीका भूभाग बाहेक अन्य क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।

१८ असोज, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले खोला किनारामा राखिएका हाइड्रोपावर प्रोजेक्टहरुका उपकरणहरु तत्कालै हटाई सुरक्षित ठाउँमा राख्न अनुरोध गरेका छन् । शनिबार आयोजित बैठकमा बोल्दै उनले भारी वर्षाले सडक, सिंचाइ, हाइड्रोपावर लगायत संरचनाहरुमा धेरै क्षति पुग्ने भन्दै त्यसका उपकरणहरु सुरक्षित स्थानमा राख्न आग्रह गरेका हुन् ।

‘देशका सुदुरपश्चिम र कर्णालीका भूभाग बाहेक अन्य क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएको छ । यसले गर्दा सडक सञ्जाल, सिँचाईका सञ्जालहरु, हाइड्रोपावरका संरचनाहरुमा धेरै क्षति पुग्न सक्छ । तत् निकायले आफ्नो संरचनाहरुलाई जोगाउने हिसावले काम गर्नुपर्छ,’ उनले भने, ‘खोला किनारातिर उपकरणहरु छन् भने हटाउन पर्यो, प्रोजेक्टहरुले सतर्कता अपनाउन पर्यो ।  ठुला–ठुला प्रोजेक्टहरुले धेरै साधनहरु÷ उपकरण राखिरहेका हुन्छन् ती उपकरण बगाउने, पहिरोले पुर्ने सम्भावना हुन्छ त्यसलाई सहि ठाउँमा राख्नुपर्यो ।’

उनले काठमाडौंवासीसहित नदी किनारामा बस्ने आम जनसमुदायलाई विषेश सर्तकता अपनाउन आग्रह गरेका छन् । मन्त्री घिसिङले सडकमा अलपत्र परेका व्यक्ति तथा सवारी साधनहरुलाई उद्दार गर्न तुरुन्तै गर्न पनि निर्देशन दिए । ‘सडकमा उद्दारको विषय धेरै छन् । तत्कालै उद्दार गर्नुपर्ने, उपकरणहरु सञ्चालन गर्नुपर्ने ठाउँमा तत्कालै गर्नुपर्यो ।

बसहरु फसेका छन् भने त्यसलाई पास गर्नुपर्छ भने तुरुन्तै त्यसलाई बाटो खुलाएर अथवा के गरेर हुन्छ पास गर्नुपर्छ । सिँचाईका गेटहरु खोल्नुपर्ने हुन्छ,’ उनले भने । उनले डिभिजन, कार्यालयका कर्मचारी सम्पूर्णलाई तयारीरुपमा रहन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरमा आगलागी हुँदा १९ लाखको क्षति
टिपरमा आगलागी हुँदा १९ लाखको क्षति
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते
सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते
रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय
रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय
धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय
धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय
तीन महिनादेखि अदानचुली गाउँपालि प्रमुख प्रशासकीय अधिकृतविहीन
तीन महिनादेखि अदानचुली गाउँपालि प्रमुख प्रशासकीय अधिकृतविहीन
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको आमाकै अगाडि हत्या
बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको आमाकै अगाडि हत्या