Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
५८ पटक हेरिएको
Shares
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु

सारांश

  •   रोमानियाको एक होटलमा भएको आगलागीमा परी २ नेपाली महिलाको मृत्यु भएको छ।
  • हिजो आगलागी भएको होटल डाले हो।
  • उक्त होटल रोमानियाको राजधानी बुखारेष्टबाट लगभग ५२ किलोमिटरमा दुरीमा पर्ने प्रहोभा सहरमा पर्छ।

१४ असोज, रोमानिया । 

रोमानियाको एक होटलमा भएको आगलागीमा परी २ नेपाली महिलाको मृत्यु भएको छ। हिजो आगलागी भएको होटल डाले हो। उक्त होटल रोमानियाको राजधानी बुखारेष्टबाट लगभग ५२ किलोमिटरमा दुरीमा पर्ने प्रहोभा सहरमा पर्छ। आगलागीमा परेर २१ र २४ वर्षका राई तथा तामाङ थरका दुई नेपाली महिलाको घटना स्थलमै मृत्यु भएको हो। मृत्यु भएका २ जना नेपाली महिलाहरू सोहि होटलमा कामदार रहेको बताइएको छ।

‘होटलको माथिल्लो तलामा सुतेको अबस्थामा २ जनाको मृत्यु भएको हो। १ जनाको अस्पतालमा उपचार भइरहेको होटल बाहिर सुतेका अर्को १ जना सकुशल रहेका छन्’ आगलागीबाट घाइते भएका व्यक्तिलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पा तेन्जी लामा शेर्पाले रोमानियाबाट टेलिफोन सम्पर्कमा नेपालखबरसँग बताए। अग्नि सुरक्षा सम्बन्धी अनियमितताका कारण उक्त होटल एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ। रोमानियाका स्थानीय सञ्चार माध्यम र नेपाली समुदायबाट घटनाको जानकारी प्राप्त भएको र आवश्यक समन्वयका लागि पहल भइरहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको सचिवालय बैठक आज बस्ने
रास्वपाको सचिवालय बैठक आज बस्ने
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
गगन थापाले भने : सरकारको कामको गति पुगेन
गगन थापाले भने : सरकारको कामको गति पुगेन
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द