नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता डा.महत

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
२६ पटक हेरिएको
Shares
नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता डा.महत

सारांश

  • नेपाली कांग्रेसका प्रवक्ता डा.
  • प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन् ।
  • आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गरे ।

१२ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन् । आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गरे । ‘हामी देश र जनतालाई माथि राखेर फेरि उठ्न सक्छौं । कांग्रेस फेरि माथि उठ्छ,’ उनले भने, ‘लोकतन्त्रलाई कमजोर पार्न खोज्ने र देशलाई अस्थिर बनाउन चाहने शक्ति सफल हुने छैनन् । हामी एकीकृत भएर लोकतन्त्रको रक्षा र देशको मजबुतीका लागि अगाडि सर्छौं ।’

उनले पछिल्लो समय राजनीतिक दलहरु विरुद्ध षड्यन्त्रपूर्वक आत्मविश्वास घटाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेस त्यो षडयन्त्रको शिकार बन्न नदिने बताए । ‘हाम्रो आत्मविश्वासलाई थाङथिलो पार्ने योजना अन्तर्गत सबै षड्यन्त्र गरिएको हो,’महतले भने, ‘तर कांग्रेस पार्टी सधैं लोकतन्त्र, जनता र राष्ट्रको पक्षमा दृढताका साथ उभिएको छ ।’ पार्टी कार्यालय र नेताहरुका घरमा भएको तोडफोड र आगजनीप्रति टिप्पणी गर्दै महतले त्यस्ता घटना कांग्रेसको आत्मबल तोड्न नसक्ने जिकिर गरे । ‘हामी पुनः जागरुक भएर उठ्नेछौं,’ उनले दृढताका साथ भने । उनले नेपाली कांग्रेसभित्र रहेका कमजोरी र त्रुटिहरूको समीक्षा गर्दै नयाँ सोचसहित अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

‘हामीमा भएका कतिपय कमजोरी र त्रुटिहरूको समीक्षा हुनेछ,’ महतले भने, ‘अब हामी नेपाललाई विकास, निर्माण र रोजगारीको दिशामा लैजानेबारे गम्भीर चिन्तन गर्छौं ।’ डा. महतले राजनीतिक दलहरू बलिदान र त्यागबाट बनेका हुनाले तिनलाई कमजोर पार्ने कुनै षड्यन्त्र सफल नहुने विश्वास व्यक्त गरे । साथै, पार्टीपंक्तिलाई आत्मविश्वासका साथ एकीकृत हुन पनि उनले आग्रह गरे। उनले भने, ‘नेपाली कांग्रेस पार्टीले अनेकौं आदिबेहोरीमा लोकतन्त्रको पक्षमा, जनताको पक्षमा र देशको पक्षमा सधैं उभिएको छ । आत्मविश्वासका साथ उभिएको छ । त्यो आत्मविश्वास जोगाउन सम्पूर्ण पार्टीपङ्क्ति एकीकृत हुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टक्सार महाशाखामा असर्फी किन्नेको भिड
टक्सार महाशाखामा असर्फी किन्नेको भिड
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग नबनेसम्म संसद् बहिष्कार गर्छौं : राप्रपा
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग नबनेसम्म संसद् बहिष्कार गर्छौं : राप्रपा
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल
प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण