Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राजविराज कारागारबाट भागेका दुई कैदी मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
६० पटक हेरिएको
Shares
राजविराज कारागारबाट भागेका दुई कैदी मृ*त फेला

सारांश

  • गत भदौ २५ मा राजविराज कारागारबाट भागेका दुई जना कैदी मृत भेटिएका छन् ।
  • कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सप्तरीको बलानबिहुल गाउँपालिका–४ का ५० वर्षीय तुरन्तलाल बरही र सप्तकोशी नगरपालिका–१० का ४० वर्षीय सन्तोष तामाङ मृत भेटिएका हुन् ।
  • बरही भदौ २६ गते विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरमा र तामाङ २७ गते राजगढ गाउँपालिका–३ नर्घो पूवारीकट्टीस्थित रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको डीएसपी बस्नेतले बताए ।

१० असोज, राजविराज ।

गत भदौ २५ मा राजविराज कारागारबाट भागेका दुई जना कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सप्तरीको बलानबिहुल गाउँपालिका–४ का ५० वर्षीय तुरन्तलाल बरही र सप्तकोशी नगरपालिका–१० का ४० वर्षीय सन्तोष तामाङ मृत भेटिएका हुन् ।

बरही भदौ २६ गते विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरमा र तामाङ २७ गते राजगढ गाउँपालिका–३ नर्घो पूवारीकट्टीस्थित रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको डीएसपी बस्नेतले बताए । ‘दुवै जनाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखिन्छ,’ उनले भने, ‘थप अनुसन्धान हुँदै छ ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तामाङलाई २५ वर्ष कैद सजाय भएपछि ०७५ पुस १५ मा कारागार चलान भएका थिए भने बरही पनि कर्तव्य ज्यान मुद्दामै कैद भुक्तान गरिरहेका थिए । जेन–जी आन्दोलनको मौका छोपी भदौ २५ मा कारागारभित्र आगजनी गरेर यहाँका दुई सय ५ कैदीबन्दी भागेका थिए । अहिलेसम्म एक सय ३ जना कैदीबन्दी पक्राउ परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिदामा राखेको महानगरको तालिम शिक्षकद्वारा बहिष्कार
बिदामा राखेको महानगरको तालिम शिक्षकद्वारा बहिष्कार
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
सडकबाट समर्थकहरुको आवाज : ‘देशको शान कुलमान ’
सडकबाट समर्थकहरुको आवाज : ‘देशको शान कुलमान ’
बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी
प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी