Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संविधानको रक्षाका लागि मधेस उठ्नुपर्छ : उपप्रधानमन्त्री खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
संविधानको रक्षाका लागि मधेस उठ्नुपर्छ : उपप्रधानमन्त्री खड्का

सारांश

  • उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेसले वर्तमान संविधानको रक्षा गर्न जुट्नुपर्ने बताएका छन् ।
  • बिहीबार नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटनमा कांग्रेस उपसभापति समेत रहेका खड्काले संविधानको रक्षा गर्नुपर्ने बताए ।
  • ‘संविधानको विरुद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने त्यसको विरुद्धमा मधेस उठ्नुपर्छ ।

जनकपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेसले वर्तमान संविधानको रक्षा गर्न जुट्नुपर्ने बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटनमा कांग्रेस उपसभापति समेत रहेका खड्काले संविधानको रक्षा गर्नुपर्ने बताए । ‘संविधानको विरुद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने त्यसको विरुद्धमा मधेस उठ्नुपर्छ । मधेसका साथीहरूले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्नुपर्छ,’ उनले भने । नागरिकको अधिकारका लागि संविधान कार्यान्वयनको आवश्यकता रहेको उपप्रधानमन्त्री खड्काले बताए । यस्तै उनले नेपाली कांग्रेस आज पनि संविधान संशोधनको पक्षमा रहेको बताए । ‘संविधानमा सबैको कुरा समेट्न हामीले प्रयास गरेका थियौँ । एमालेका कारण संसदमा फेल हुन पुग्यो । फेरि पनि सबैका कुरा समेट्न संविधान संशोधन गरिन्छ,’ उनले भने ।

उनका अनुसार वर्तमान सरकार प्रदेश र स्थानीय तहसँग जोडिएका कानुन बनाउने तयारीमा छ । हिउँदे अधिवेशनबाट कानुन बनाउँछौँ । केही महत्त्व पूर्ण कानुन अध्यादेशबाट ल्याइने उनको भनाइ छ ।  यस्तै पार्टीमा एकताको कुरा मञ्चबाट गर्ने नभई व्यवहारमा हुनुपर्ने उपसभापति खड्काले बताए  । ‘अब सभापतिको कुरा केही छैन । दुई तीन वर्ष हामीलाई एकताबद्ध बनाएर लिनुहुन्छ । हामीहरू समस्याको पहिचान गरी छलफलमा बस्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य 
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य 
सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते
सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
काठमाडौंमा बालिकाको ‘बलात्कार’, युवक पक्राउ
काठमाडौंमा बालिकाको ‘बलात्कार’, युवक पक्राउ
सांसदलाई कोष होइन, अधिकार दिनुपर्छः विनोद चौधरी
सांसदलाई कोष होइन, अधिकार दिनुपर्छः विनोद चौधरी
काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना