सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी आफैं फर्किए, २७४ जना फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
४० पटक हेरिएको
Shares
भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी आफैं फर्किए, २७४ जना फरार

सारांश

  • जेन-जी आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागारको पर्खाल भत्काएर भागेका ५७ जना कैदीबन्दी आफैं फर्किएका छन् ।
  • २४ भदौ बिहान कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए ।
  • भागेका कैदीबन्दीहरु सुरक्षा निकायको सक्रियतामा धमाधम पक्राउ पर्दै आएका छन् ।

४ असोज, हेटौंडा ।

जेन-जी आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागारको पर्खाल भत्काएर भागेका ५७ जना कैदीबन्दी आफैं फर्किएका छन् ।२४ भदौ बिहान कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीहरु सुरक्षा निकायको सक्रियतामा धमाधम पक्राउ पर्दै आएका छन् ।

जसमा ५७ जना कैदीबन्दी आफैं सम्पर्कमा आएको कारागार प्रमुख सुवास पौडेलले अनलाइनखबरलाई जानकारी दिए । कारागार प्रशासनले दिएको जानकारीअनुसार आज शुक्रबार साँझ ७ बजेसम्म नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको सहयोगमा हालसम्म भीमफेदी कारागारका १८६ जना कैदीबन्दी कारागारको नियन्त्रणमा आइसकेको प्रमुख पौडेलले बताए । भागेकामध्ये २५४ जना कैदीबन्दीको अझै अत्तोपत्तो छैन ।

अन्य कारागारबाट भागेका ६१ जना कैदीबन्दीलाई पनि भीमफेदी कारागारमा ल्याइएको छ । काठमाडौंका कारागारबाट भागेका कैदीबन्दी मकवानपुरबाट पक्राउ गरेका छन् । कुल १ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारमा हाल ८६१ जना मात्रै रहेका छन् । २४ भदौमा ‘क’ ब्लकबाट २६० जना र बिहानको समयमा ‘ख’ ब्लकबाट १८० कैदीबन्दी पर्खाल भत्काएर भागेका थिए । कैदीबन्दी भाग्न खोज्दा कारागारमा सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएको थियो । झडपमा सेना र सशस्त्र प्रहरीले २०० भन्दा बढी हवाई फायर गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य
सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा वर्षाको सम्भावना
भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन् : स्वामी रामभद्राचार्य
भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन् : स्वामी रामभद्राचार्य
चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला
चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु