भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी आफैं फर्किए, २७४ जना फरार
४ असोज, हेटौंडा ।
जेन-जी आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागारको पर्खाल भत्काएर भागेका ५७ जना कैदीबन्दी आफैं फर्किएका छन् ।२४ भदौ बिहान कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीहरु सुरक्षा निकायको सक्रियतामा धमाधम पक्राउ पर्दै आएका छन् ।

जसमा ५७ जना कैदीबन्दी आफैं सम्पर्कमा आएको कारागार प्रमुख सुवास पौडेलले अनलाइनखबरलाई जानकारी दिए । कारागार प्रशासनले दिएको जानकारीअनुसार आज शुक्रबार साँझ ७ बजेसम्म नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको सहयोगमा हालसम्म भीमफेदी कारागारका १८६ जना कैदीबन्दी कारागारको नियन्त्रणमा आइसकेको प्रमुख पौडेलले बताए । भागेकामध्ये २५४ जना कैदीबन्दीको अझै अत्तोपत्तो छैन ।





Post Comment