Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बिष्णु पौडेलले माफी माग्दै भने-एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
४० पटक हेरिएको
Shares
बिष्णु पौडेलले माफी माग्दै भने-एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ

सारांश

  • नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पाैडेलले गरे क्षमायाचना गरेका छन्।
  • संविधान दिवसको अवसरमा एक बक्तब्य जारी गर्दै एमालेका निर्णयको गम्भीर समिक्षा हुने जनाउँदै उनले भने, `मेरो तर्फबाट भएका गल्ती, कमजोरीप्रति क्षमायाचना गर्दछु।
  • ´ उनले संविधान दिवसको शुभकामना दिँदै लेखेका छन्: -जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना व्यक्त गर्दछु।

३ असोज, काठमाडौं।

नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पाैडेलले गरे क्षमायाचना गरेका छन्। संविधान दिवसको अवसरमा एक बक्तब्य जारी गर्दै एमालेका निर्णयको गम्भीर समिक्षा हुने जनाउँदै उनले भने, `मेरो तर्फबाट भएका गल्ती, कमजोरीप्रति क्षमायाचना गर्दछु।´ उनले संविधान दिवसको शुभकामना दिँदै लेखेका छन्:

-जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना व्यक्त गर्दछु। घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सम्माननीय प्रधानमन्त्री सुशीला कार्किको नेतृत्वमा गठित मन्त्री परिषद्बाट शान्ति र अमन चैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेन्जी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजिक्षेत्रका संरचनाहरुको पुननिर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने जस्ता महत्वपूर्ण अभिभारा पुराहुन सकुन् भन्ने अपेक्षा गर्दछु ।

-जेन्जी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानवीन गर्न, दोषिहरुलाई कानुन बमोजिम कार्वाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजि संरचनाहरुको यथाशीघ्र पुननिर्माण गर्न सरकारसंग मांग गर्दछु । -जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोसलाई बुझ्न र सम्वोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेन्जी आन्दोलनका मूख्य कारणहरु हुन्। तर आन्दोलनका क्रममा भएको हत्या-हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ । विगतमा नेकपा (एमाले) ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गंभीर समिक्षा हुनेनै छ । व्यक्तिगत रुपमा आफ्‌नो तर्फबाट भएका गल्ति, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु ।

अब हाम्रो सामु जनतासंग, विशेषगरी नयाँ पुस्तासंग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ। तदनुरुप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु । आज असाेज ३ गते, संविधान दिवसको ऐतिहासिक दिन। विगतका अनुभवबाट शिक्षा लिंदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सम्पूर्ण नेपालीले योगदान दिन सकाैं। आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सकाैं। सबैमा संविधान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव
लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव
सार्वजनिक लेखा समितिको बैठक स्थगित
सार्वजनिक लेखा समितिको बैठक स्थगित
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन शुरू
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन शुरू
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर