Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विराटनगरबाट एमाले नेताहरुको आवाज : नेतृत्वमा सुधार आवश्यक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
५३ पटक हेरिएको
Shares
विराटनगरबाट एमाले नेताहरुको आवाज : नेतृत्वमा सुधार आवश्यक

सारांश

  • नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी नेतृत्वमा देखिएका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।
  • एमाले विराटनगर महानगर कमिटीले बिहीबार आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले २४ गतेको आन्दोलन केवल जेनजेडको मात्र नभई विभिन्न स्वार्थ समूहको पनि भएको उल्लेख गरे ।
  • उनले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरे ।

२ असोज, विराटनगर ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी नेतृत्वमा देखिएका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । एमाले विराटनगर महानगर कमिटीले बिहीबार आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले २४ गतेको आन्दोलन केवल जेनजेडको मात्र नभई विभिन्न स्वार्थ समूहको पनि भएको उल्लेख गरे ।

उनले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरे । कार्कीले भने, ‘पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ ।’ उनले एमाले सरकारमा रहँदा विकासका काम भएको स्मरण गर्दै प्राकृतिक सम्पदामाथि भइरहेको आक्रमण रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महानगर कमिटी अध्यक्ष बलराम गिरिले युवापुस्ताको माग सम्बोधन गर्दै पार्टीलाई समयानुकूल अघि बढाउनुपर्नेमा जोड दिए । उनले संगठनात्मक कमजोरी सच्याएर समानताको आधारमा निर्णय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। भेलामा सहभागीहरुले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति र गल्ती स्वीकार नगर्ने संस्कृतिप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा प्रदेश कमिटी सदस्य परशुराम बस्नेतलगायतले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले सकंलन गर्यो २४ लाख ५७ हजार हस्ताक्षर, साउन ५ देखि घरदैलो हस्ताक्षर अभियान
रास्वपाले सकंलन गर्यो २४ लाख ५७ हजार हस्ताक्षर, साउन ५ देखि घरदैलो हस्ताक्षर अभियान
पहिलो खेलमा आज नेपाल र क्यानडा भिड्दै
पहिलो खेलमा आज नेपाल र क्यानडा भिड्दै
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना
नेपाल टेलिकम घोटाला प्रकरण : प्रबन्ध निर्देशक पहाडी र सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल टेलिकम घोटाला प्रकरण : प्रबन्ध निर्देशक पहाडी र सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्रीसँग छलफल गरेर सिंहदरबार फर्किए गृहमन्त्री
प्रधानमन्त्रीसँग छलफल गरेर सिंहदरबार फर्किए गृहमन्त्री
तिन वटा संसदीय समितिको बैठक बस्दै
तिन वटा संसदीय समितिको बैठक बस्दै
काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले