लहानमा उल्टो गङ्गा : जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी !

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
३० पटक हेरिएको
Shares
लहानमा उल्टो गङ्गा : जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी !

सारांश

  • गत साता आन्दोलनको मौकामा सरकारी गोदाम रित्याएकाहरू अहिले रातारात त्यही सामान फिर्ता गरिरहेका छन् ।
  • लहानमा ’जेनजी आन्दोलन’का क्रममा लुटिएको करोडौँको सम्पत्ति फिर्ता हुन थालेपछि यो घटनाले अहिले सबैको ध्यान तानेको छ ।
  • ‘कि सामान फिर्ता गर, नत्र सीसीटीभी हेरेर घरमै आउँछौँ,’प्रशासनको यो सन्देशपछि लुटपाटमा संलग्नहरूमा डर पैदा भएको छ ।

लहान, सिरहा ।

गत साता आन्दोलनको मौकामा सरकारी गोदाम रित्याएकाहरू अहिले रातारात त्यही सामान फिर्ता गरिरहेका छन् । लहानमा ’जेनजी आन्दोलन’का क्रममा लुटिएको करोडौँको सम्पत्ति फिर्ता हुन थालेपछि यो घटनाले अहिले सबैको ध्यान तानेको छ ।

‘कि सामान फिर्ता गर, नत्र सीसीटीभी हेरेर घरमै आउँछौँ,’प्रशासनको यो सन्देशपछि लुटपाटमा संलग्नहरूमा डर पैदा भएको छ । इज्जत जाने र कानुनी कारबाही हुने डरले केही व्यक्ति आफैँ र केहीले स्थानीय युवाहरूमार्फत लुटेको चामल र चिनी गोदाममा फिर्ता गर्न थालेका छन् ।

आइतबार रातिसम्म ७१ क्विन्टल चामल र १८ क्विन्टल चिनी फिर्ता भइसकेको छ, तर यो लुटिएको कुल परिमाणको सानो अंश मात्र हो । खाद्य कम्पनीका अनुसार करिब ११ करोडको क्षति भएको छ, जसमा हजारौँ क्विन्टल खाद्यान्न, धान, बोरा र कार्यालयका महत्त्वपूर्ण उपकरणसमेत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई मन्त्री खरेलको आग्रह
निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई मन्त्री खरेलको आग्रह
कोशी प्रदेशमा एक वर्षमा प्राकृतिक विपदबाट ७७ जनाको मृत्यु
कोशी प्रदेशमा एक वर्षमा प्राकृतिक विपदबाट ७७ जनाको मृत्यु
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
७ दिनपछि नेपालमा फेसबुक चल्दैन? मन्त्री भन्छन्, ‘दर्ता नगरे चल्दैन’
७ दिनपछि नेपालमा फेसबुक चल्दैन? मन्त्री भन्छन्, ‘दर्ता नगरे चल्दैन’
मोटरसाइकलको ठक्करबाट १ जनाको मृ*त्यु, २ घाइते
मोटरसाइकलको ठक्करबाट १ जनाको मृ*त्यु, २ घाइते
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै