प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
सारांश
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार गरेकी छन्।
- सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा कार्कीले आइतबार बिहान पदभार ग्रहण गरेकी हुन्।
- उनी शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।
२९ भदौ, काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार गरेकी छन्। सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा कार्कीले आइतबार बिहान पदभार ग्रहण गरेकी हुन्। उनी शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। कार्कीले सोही दिन पद तथा गोपनीयताको शपथ लिए पनि पदभार ग्रहण भने दुई दिनपछि गरिन्।
कार्यालयमा उनलाई मुख्य सचिव एकनारायण अर्याललगायतले स्वागत गरेका थिए। प्रधानमन्त्रीमा नियुक्त हुने कार्की नेपालको पहिलो महिला हुन्। यसअघि उनले पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी थिइन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया