आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
५४ पटक हेरिएको
Shares
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन्।
  • लामो समयदेखि चुनाव भएर नयाँ सरकार बनेपनि तीन नेताकै वरिपरि घुमिरहेको हुनाले जनतामा चर्को असन्तुष्टि बढेको बताए।
  • उनले भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘मैले पार्टीमा पनि कुरा राखेको हुँ तर निर्णय गराउन सकिनँ, चुनाव हुन्छ।

२८ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन्। लामो समयदेखि चुनाव भएर नयाँ सरकार बनेपनि तीन नेताकै वरिपरि घुमिरहेको हुनाले जनतामा चर्को असन्तुष्टि बढेको बताए।

उनले भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘मैले पार्टीमा पनि कुरा राखेको हुँ तर निर्णय गराउन सकिनँ, चुनाव हुन्छ। नयाँ सरकार बन्छ प्रधानमन्त्री उनीहरू नै। उहाँले अहिले छोड्नुहुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने, त्यसैले अब यसलाई सिस्टममा ल्याऔँ। विधिमा ल्याऔँ। ताकि भोलि गगन विश्वको पुस्ताले नेतृत्व गर्दै गर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस्।’ उनल राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन र सांसद चार पटक भन्दा बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताए। उनले अब पार्टीमा आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ