जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
२५ भदौ, काठमाडौँ ।
राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले जेन जेड आफ्नो एजेन्डाहरू बनाउन भर्चुअल छलफलमा जुटेका छन् । डिस्कोर्डमा ३२ सय भन्दा बढी युवाहरू एजेण्डामाथि छलफल गरिरहेका हुन् । छलफलमा उनीहरूले अब कसरी अगाडि बढ्ने ? शासकीय स्वरूप कस्तो हुने ? कार्यकारीको शासन अवधि कति हुने ? भन्ने लगायतका विषयमा छलफल गरिरहेका छन् ।
यस्तै, उनीहरूले वार्ताका लागि कसलाई पठाउने, नेतृत्वमा कसलाई अगाडि बढाउने भन्ने विषयमा पनि आन्तरिक छलफल गरिहरेका छन् । संसद विघटनपछि अबको कति अवधिमा निर्वाचन हुने विषय पनि छलफलमा छ । भर्चुअल छलफलमा खास गरी संसद विघटन हुनुपर्ने, संसद विघटनको कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्षको हुने र एक जना व्यक्ति बढीमा दुई कार्यकाल वा ८ वा १० वर्ष मात्रै प्रधानमन्त्री हुन पाउने लगायतका बुँदाहरूमा सहमति जुटाउने प्रयास भइरहेको छ ।
Post Comment