बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृ*त्यु
२५ भदौ, काठमाडौं ।
बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् ।
गएराति सुधारगृहमा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो । घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको स्रोतले पुष्टि गरेको छ । घाइते दुई जनाको उपचार जारी छ । देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोजेको थियो । त्यही क्रममा झडप भएको थियो । केही युवा भागेका छन् भने केही बालसुधारगृहभित्रै रहेका छन् ।
Post Comment