२६ भाद्र २०८२, बिहीबार

सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च

२३ भदौ, काठमाडौं । 

नेपाली बजारमा मंगलबार (भदौ २४) सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । यस दिन सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य तोलाको दुई लाख १४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सोमबार (भदौ २३) छापावाल सुन प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको दुई हजार ५१५ रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो । सोमबार चाँदी प्रतितोला दुई हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment