बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
७२ पटक हेरिएको
Shares
बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

सारांश

  • चेपाङ समूदायको पहिचानसँग जोडिएको छोनाम(नुवागी) पर्वको अवसरमा आज(आइतबार)बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
  • बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनामको अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
  • आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै आज आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

२२ भदौ, हेटौंडा ।

चेपाङ समूदायको पहिचानसँग जोडिएको छोनाम(नुवागी) पर्वको अवसरमा आज(आइतबार)बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनामको अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै आज आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

बागमती प्रदेश मन्त्रिपरिषद्ले २०८१ चैत ९ गते प्रदेशको चेपाङबहुल जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा प्रत्येक वर्ष भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरी प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । बागमती प्रदेश सरकारले चेपाङको छोनाम पर्वको अवसरमा विगत दुई वर्षदेखि भदौ २२ गते सार्वजनिक बिदा दिँदै आएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीका अनुसार बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार उक्त बिदा दिने निर्णय गरिएको हो । चेपाङ समूदायको बाक्लो बसोबास भएका जिल्लाहरुमा नुवागी पर्वको अवसरमा बिदा दिइएको उनको भनाइ छ ।

चितवन जिल्लामा १८ हजार १ सय पुरुष र १७ हजार ५ सय ३७ महिला गरी ३५ हजार ६ सय ३७ चेपाङ बसोबास गर्छन् । त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् । धादिङमा ८ हजार ६ सय ८७ पुरुष र ८ हजार ४ सय ७३ महिला गरी १७ हजार १ सय ६० जना चेपाङ बसोबास गरेका छन् । चेपाङ बहुल रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले भदौ २१, २२ र २३ गते तीन दिन सार्वजनिक बिदा दिएको छ । नुवागी पर्वमा चेपाङ समुदायले नयाँ अन्नबाली र फलफूल पितृलाई चढाएर मात्र खाने गर्छन् । यो चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसैगरी नुवागी पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको शुभकामना दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक, लुम्बिनी अन्तिम खेलमा पनि पराजित
लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक, लुम्बिनी अन्तिम खेलमा पनि पराजित
बिहारको अशोकधाममा भागदौड, सात महिलाले ज्यान गुमाए
बिहारको अशोकधाममा भागदौड, सात महिलाले ज्यान गुमाए
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा
समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ
समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ
धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला
बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला