२६ भाद्र २०८२, बिहीबार

माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै

२१ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्ने भएको छ । अभियानका लागि पार्टी अध्यक्ष प्रचण्ड शनिबार पोखरा पुगेका छन् । गत जेठ २ गते बैतडीको पाटनबाट अभियान थालेको माओवादी केन्द्रले वर्षा सुरु भएसँगै स्थगन गरेको थियो ।

वर्षाका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान कास्कीको रुपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुन: सुरु हुन लागेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार शनिबार दिउँसो ३ बजे औपचारिक कार्यक्रम गरेर अभियान अघि बढ्नेछ । गएको साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकले बाँकी जिल्लामा भदौ २१ देखि पुन: अभियान थाल्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment