Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २६, २०८०
|
|
५४ पटक हेरिएको
Shares
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान

सारांश

  • वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच महानगर कार्यालयमै हानाहान भएको छ ।
  • प्रमुख प्रशासकीय अधिकृत रहेको कोठा खाली भएपछि महानगरले मेयर सिंहको निर्देशनमा कर्मचारी पञ्जीकरण शाखा सार्न खोज्दा उपमेयर आलमको सचिवालयले रोकेको थियो ।
  • ‘लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत बसिरहनु भएको कोठा अहिले खाली भएको छ ।

२६ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच महानगर कार्यालयमै हानाहान भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रहेको कोठा खाली भएपछि महानगरले मेयर सिंहको निर्देशनमा कर्मचारी पञ्जीकरण शाखा सार्न खोज्दा उपमेयर आलमको सचिवालयले रोकेको थियो । ‘लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत बसिरहनु भएको कोठा अहिले खाली भएको छ । उहाँको लागि अर्को कोठा बनेपछि त्यो खाली कोठमा पञ्जीकरण शाखा राख्ने तयारी थियो । तर उपप्रमुखज्यूले आफ्नो कार्यकक्ष बनाउने भनेपछि विवाद सुरु भएको थियो,’ महानगरका एक अधिकृतले भने । ‘पहिले प्रमुखको सचिवालय र कर्मचारी विरुद्ध उपप्रमुखको सचिवालयबाट नसार्न दबाब आइरहेको थियो । तर उपप्रमुख र प्रमुखका समर्थकहरु सयौंको संख्यामा महानगर प्रवेश गरेपछि कार्यालयमा हानाहान भएको हो,’ ती अधिकृत कर्मचारीले भने ।

कार्यालयमा दिउँसो तनाव भएपछि दिनभर सेवा नै अवरुद्ध भएको महानगरका कर्मचारीले बताएका छन् । ‘प्रमुख र उपप्रमुख नै विवाद मिलाउने भन्दा इगो देखाउन थाले, पुलिस समयमै नआएको भए ठूलो दुर्घटना हुने थियो । ५(७ जना जुधेपछि प्रहरीले बल प्रयोग गरेको थियो,’ महानगरका ती कर्मचारीले भने । अहिले मेयर सिंह कार्यालयबाट निस्केका छन् भने उपमेयर आलम कार्यकक्षमै रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साले डीएसपीको कमाण्डमा ५० भन्दा बढी प्रहरी परिचालित गरेको छ ।

प्रमुख सिंहको सचिवालयले भने उपप्रमुख आलमका समर्थकले कार्यालयमै दादागिरी देखाउन थालेपछि प्रमुखका समर्थक आउँदा विवाद भएको दाबी गरेको छ । सचिवालय सदस्य नवराज फुयाँलका अनुसार वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले पञ्जीकरण शाखा व्यवस्थित गर्न माग गरिरहेकाले खाली भएको कोठामा शाखाको लागि सामान राख्न खोज्दा उपप्रमुखको सचिवालयबाट अनुचित दबाब आएको बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन
एनपीएलको अक्सन सुरु, १० लाखमा चितवन राइनोजले लियो रिजन ढकाललाई
एनपीएलको अक्सन सुरु, १० लाखमा चितवन राइनोजले लियो रिजन ढकाललाई
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान
वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै