बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल
२१ भदौ, काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जस अन्तरगत नेपाल र बंगलादेशबीचको पहिलो खेल शनिबार साँझ ५ः३० बजे दशरथ रंगशालामा हुन लागेको छ ।
साथै दोस्रो खेल मंगलबार हुने तय भएको छ । विजेताको निर्णय समग्र नतिजामा आधारित हुनेछ । यदि दुवै खेलमा समान नतिजा आए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता घोषणा गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment