प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् ।
  • चीनको थियानजिन सहरमा आयोजित सांघाइ सहयोग सङ्गठन (एससीओ)  प्लसको शिखर सम्मेलन सकिएसँगै उनी बेइजिङ जान लागेका हुन् ।
  • चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको थियानजिन सहरमा आयोजित सांघाइ सहयोग सङ्गठन (एससीओ)  प्लसको शिखर सम्मेलन सकिएसँगै उनी बेइजिङ जान लागेका हुन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ । सोही दिन प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण
सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले घट्यो
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी