बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १६, २०८२
|
|
४१ पटक हेरिएको
Shares
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक

सारांश

  • जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
  • गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको उक्त राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ ।
  • जिल्ला सुरक्षा समिति काभ्रेको आइतबार बसेको बैठकले बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

१६ भदौ, रामेछाप ।

जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको उक्त राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ । जिल्ला सुरक्षा समिति काभ्रेको आइतबार बसेको बैठकले बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार भदौ १६ गतेदेखि भदौ मसान्तसम्म यो व्यवस्था लागू हुनेछ । यात्रु र सवारीसाधनलाई जोखिम कम गर्न भन्दै सबै सरोकारवालालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ । यस अघि भदौ १५ गते रातिसम्म रातको समयमा यातायात सञ्चालन हुन नदिने निर्णय भएको थियो । सो समय भदौ मसान्तसम्मको लागि लम्बिएको छ । बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक

रामेछाप । जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको उक्त राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेको आइतबार बसेको बैठकले बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार भदौ १६ गतेदेखि भदौ मसान्तसम्म यो व्यवस्था लागू हुने छ । यात्रु र सवारीसाधनलाई जोखिम कम गर्न भन्दै सबै सरोकारवालालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ । यस अघि भदौ १५ गते रातिसम्म रातको समयमा यातायात सञ्चालन हुन नदिने निर्णय भएको थियो । सो समय भदौ मसान्तसम्मको लागि लम्बिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा संवादको तयारी अन्तिम चरणमा :
सगरमाथा संवादको तयारी अन्तिम चरणमा :
मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव
मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क
युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको शव गोताखोरले टोलीले निकाल्यो
हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको शव गोताखोरले टोलीले निकाल्यो
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट