सहसचिवपछि नायब सुब्बामा पदपूर्तिको व्यवस्था उल्टियो
१६ भदौ, काठमाडौँ ।
‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति बनेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा नायब सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो । योसँगै प्रतिनिधिसभाले नायब सुब्बा पदमा शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था उल्टिएको छ ।
यसअघि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाले पारित गरेको सहसचिव पदको पदपूर्तिको व्यवस्था उल्टाएको थियो । विधायन व्यवस्थापन समितिले विधेयक माथिको दफावार छलफलको क्रममा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति जुटाएको थियो । प्रतिनिधिसभाले सहसचिवमा पनि शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था पारित गरेको थियो ।
Post Comment