मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
१०१ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत

सारांश

  • प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि १८ सम्म गर्ने चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
  • शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
  •   ओली सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्दै छन्।

१३ भदौ, काठमाडौँ ।

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि १८ सम्म गर्ने चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।  ओली सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्दै छन्।

यस क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नेछन्।  त्यस्तै उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने तय भएको छ। ओलीले सेप्टेम्बर १ मा तियानजिनमा आयोजित ‘एससीओ प्लस समिट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, शिखर सम्मेलनको अवसरमा उनले सहभागी अन्य विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन्। जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८० औँ वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेडमा पनि प्रधानमन्त्री सहभागी हुनेछन्।

प्रधानमन्त्रीको टोलीमा श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायत रहनेछन्।  प्रधानमन्त्री ओली भ्रमण पूरा गरेर भदौ १८ गते स्वदेश फर्किने छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी
राहत शिक्षकहरु आज पनि विरोधमा
राहत शिक्षकहरु आज पनि विरोधमा
आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने
आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु
बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
निर्मला ह*त्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी
निर्मला ह*त्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला