२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
४९ पटक हेरिएको
Shares
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो

सारांश

  • बुधबारको बजारमा बढेर २८ सय बिन्दुमाथि पुगेको नेप्से परिसुचक एकदिन पनि टिक्न नसक्दा साताको अन्तिम कारोबार दिन ३८.
  • १० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको छ ।
  • यसअघि बुधबार नेप्से परिसुचक ५३.

१२ भदौ, काठमाडौं ।

बुधबारको बजारमा बढेर २८ सय बिन्दुमाथि पुगेको नेप्से परिसुचक एकदिन पनि टिक्न नसक्दा साताको अन्तिम कारोबार दिन ३८.१० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको छ । यसअघि बुधबार नेप्से परिसुचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बुधबार कुल ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएकोमा बिहिवार कुल ३२२ स्टकको ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको छ ।

आज सेन्सेन्टीभ इन्डेक्स ५.७४ अंकले घटेको छ । फ्लोट इन्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०२ अंकले घटेको छ । आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ५१.७० रुपैयाँले बढेर ५६८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता २०.५६ रुपैयाँले बढेर ५८९.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २८.१२ रुपैयाँले बढेर ८५३.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, एनएलजी इन्स्योरेन्स कम्पनीको शयेर मूल्य २६.०९ रुपैयाँले बढेर ८४४.२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन ओरियन्टल होटेल्स लिमिटेडको शेयर मूल्य ४.७१ प्रतिशतले घटेर ८५९.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । लुम्बिनी विकास बैंकको शेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५५२.९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी, सांग्रिला विकास बैंकको शेयर मूल्य ३.८७ प्रतिशतले घटेर ४३१.३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख
सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी
विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
रवि लामिछानेले गरे जनकपुरधामको जानकी मन्दिरमा दर्शन एव् पूजापाठ
रवि लामिछानेले गरे जनकपुरधामको जानकी मन्दिरमा दर्शन एव् पूजापाठ
१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार