एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २७, २०८३
|
|
३६० पटक हेरिएको
Shares
एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

सारांश

  • विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका छन् ।
  •  ट्राफिक जरिबानासम्बन्धी दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि उनले शनिबार अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका हुन् ।
  •  ‘कडा घोषणा– आजदेखि मैले कुनै पनि ठूला–साना युटुवर (युट्युबर) सहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन,’ मन्त्री पुनले ‘एक्स’ मा लेखेका छन् ।

२७ असार, काठमाडौं ।

विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका छन् । ट्राफिक जरिबानासम्बन्धी दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि उनले शनिबार अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका हुन् । ‘कडा घोषणा– आजदेखि मैले कुनै पनि ठूला–साना युटुवर (युट्युबर) सहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन,’ मन्त्री पुनले ‘एक्स’ मा लेखेका छन् ।

उनले केही दिन अगाडि ट्राफिक जरिबानासम्बन्धी कुरामा आफूलाई केही थाहा छैन भन्दा भन्दै पनि युट्युबरले कोट्याई–कोट्याई सोधेको पनि उल्लेख गरेका छन् । ‘मैले अटेर गर्नेलाई जरिबाना गर्नुपर्छ भनेको हो र ५० हजारको कुरा उनीहरूले नै निकालेको हो,’ पुनले भनेका छन् ।  मन्त्री पुनले अन्तरवार्ता दिँदा ५० हजार जरिबाना गर्नुपर्छ भनेर दिएको अभिव्यक्ति फिर्ता लिँदै माफीसमेत मागेका छन् । ‘केही दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरूलाई  अन्तरवार्ता दिँदा रु. ५० हजार जरिबाना गर्नुपर्छ भनेर मैले बोलेको कुरा फिर्ता गर्दै मैले निम्नअनुसारको घोषणा गर्दछु,’ उनले लेखेका छन्, ‘अचानक त्यसो बोल्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला । ट्राफिक नियमलाई अटेर गर्नेहरूले मुटुमा हात राखेर सोच्नु होला ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरू
मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरू
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?
महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ
महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ
यस्तो छ , शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना सुरु
क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना सुरु
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना
आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना