Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
३४ पटक हेरिएको
Shares
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार

सारांश

  • बुधबार नेप्से परिसुचक ५३.
  • ०१ अंकले बढेर २८१९.
  • १० बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

११ भदौ, काठमाडौं ।

बुधबार नेप्से परिसुचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस अघि मंगलबार २७६६.०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से परिसुचकले आज २८ सय बिन्दु नाघेको हो । मंगलबार ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै शेयर कारोबार भएको बजारमा बुधबार कुल ३२१ स्टकको ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ ।

आज सेन्सेन्टीभ इन्डेक्स ८.५२ अंकले बढेको छ । फ्लोट इन्डेक्स ३.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०६ अंकले बढेको छ । आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेर ५१७..२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । समता घरेलु लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ८२ रुपैयाँले बढेर ९५७.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

ग्रिनभेन्र्चस लिमिटेडको शेयर मूल्य ४३.४९ रुपैयाँले बढेर ५८१.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ९०.२३ रुपैयाँले बढेर १२७७.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य ४.२९ प्रतिशतले घटेर ५३४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

मंगलबार यसक म्पनीके शेयर मूल्य ५५८.७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै यसदिन सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ३.०५ प्रतिशतले घटेर १७८१.१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, ग्रिन भेन्र्चस लिमिटेड, हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिले प्रमाणीकरण गरे बैंकिङ कसुरसम्बन्धी विधेयक
राष्ट्रपतिले प्रमाणीकरण गरे बैंकिङ कसुरसम्बन्धी विधेयक
माझफाँट–लेकफाँट सडक कालोपत्र
माझफाँट–लेकफाँट सडक कालोपत्र
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
कांग्रेसका मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए
कांग्रेसका मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो
‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो
सर्लाहीसहित यी ६५ जिल्लामा आकस्मिक बाढीको सम्भावना
सर्लाहीसहित यी ६५ जिल्लामा आकस्मिक बाढीको सम्भावना
मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको सानदार जित
मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको सानदार जित